उद्योगहरुको सुरक्षा, सवलीकरण तथा महासंघको स्थायी संरचना मुख्य प्राथमिकता : अध्यक्ष राउत

विराटनगर ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ । उहाँले कोशी प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षाको प्रत्याभूती गराउँदै सवलीकरण गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । आज विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी […]

धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक : प्रमुख कोइराला

विराटनगर ३१ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताउनुभएको छ । श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख कोइरालाले लोप […]

मकैको खोस्टाबाट फूल

विराटनगर ३१ वैशाख । मकैको खोस्टाबाट फूल । सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको धनपालथानका अपाङ्गता भएका महिलाहरुले मकैको खोस्टाबाट आकर्षक फूल बनाएका छन् । बजारमा छ्याप्छ्याप्ती भित्रने कृतिम फूलहरुको तुलनामा धेरै आकर्षक र बर्षैं सम्म सजाएर राख्न सकिने गरि महिलाहरुले सजावटका फूलहरु, बुकी, ब्याच निर्माण गरेका छन् । धनपालथान गाउँपालिका, करुणा फाउण्डेसन र […]

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

विराटनगर ३१ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ। सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि […]

लगातार तीन बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय

विराटनगर ३० वैशाख । नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हो । सूचना पाएर पनि पार्टीको […]