कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनप्रति उद्योग प्रतिष्ठानहरुको ध्यानाकर्षण

विराटनगर १२ वैशाख । विराटनगरका तीनवटा उद्योग प्रतिष्ठानहरुले कोशी प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरको हिंसात्मक आन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् । प्रदेश राजधानी विराटनगरमा रहेका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आज संयुक्त विज्ञप्ती निकाल्दै विगत केही दिनदेखि प्रदेशको नामकरणको विषयलाई लिएर शुरु भएको हिंसात्मक आन्दोलनले उद्योग/व्यवसाय/पेशा सञ्चालन […]

गोयल परिवारले बनाइदिएका १४ घर हस्तान्तरण

विराटनगर ११ वैशाख । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्याक्रममा गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका हुन् । करीव एक करोड […]

मंसिर ४ गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आयोगको आग्रह

विराटनगर ११ वैशाख । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न पुनः स्मरण गराएको छ । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेस गर्ने ५ हजार ५६१ जना उम्मेदवारलाई आफूले गरेको निर्वाचन खर्च सार्वजनिक गर्न […]

स्वास्थ्य परीक्षण सेवामा उत्कृष्ट बन्न प्रदेश प्रयोगशालालाई स्वास्थ्य मन्त्री लिम्वुको आग्रह

विराटनगर ११ वैशाख । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला लिम्वुले स्वास्थ्य परीक्षणमा उत्कृष्ट बन्न आग्रह गर्नु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिने स्वास्थ्य परीक्षण सेवा सातवटै प्रदेशमा उत्कृष्ट भएको आँफुले देख्न चाहेको उहाँको भनाई छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले आज देखि शुरु गरेको ५ प्रकारको नयाँ परिक्षण सेवाको शुभारम्भ गर्दै उहाँले सो […]

प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखापरीक्षकको कोशी प्रदेश प्रतिवेदन हस्तान्तरण

विराटनगर १० वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष महालेखापरीक्षकको कार्यालय नेपालद्वारा पाँचौ बार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेश गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रम बीच नायव महालेखा परीक्षक पद्मप्रसाद आचार्यल नेपालको संविधानको धारा २९४ को उपधारा(३) बमोजिम आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु भएको […]