विराटनगर २३ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मोरङले तीन पूर्व पदाधिकारीलाई सम्मानित गरेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित तीन पदाधिकारीहरुलाई आज सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेन्द्र मण्डल, प्रदेश सभा सदस्यमा निर्वाचित गणेश उप्रेती ‘सुशिल’ र कटहरी गाउँपालिकाका अध्यक्ष्मा निर्वाचित देवराज चौधरी रहनु भएको छ […]
विराटनगर २३ मंसिर । मोरङ कटहरी गाउँपालिका १ को वडा कार्यालय भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । ७२ लाख बढीमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो । गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गर्नुभयो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर […]
विराटनगर, २३ मंसिर । मोरङको कटहरी गाउँपालिका–२ मा गयराति एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ । जहदा गाउँपालिका–४ की एक जना गर्भवतीलाई प्रसूतिका लागि विराटनगरको कोसी अस्पताल ल्याउँदै गरेको को १ च ४०७९ नम्बरको एम्बुलेन्सलाई सडकमै रोकेर चालकमाथि आक्रमण गरिएको हो । चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियालाई राति ८ः३० बजेतिर आक्रमण गरिएको प्रहरीले […]
विराटनगर, २२ मंसिर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरुले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरु व्यापारीहरु आफैंले भत्काउन सुरु गरेका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा […]
विराटनगर, २२ मंसिर । अटोमोवाइल्स व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन विराटनगर र नाडा अटोमोवाईल्स एसोसिएशन नेपालले विराटनगरस्थित महेन्द्र चौकमा आज धर्ना दिएका हुन् । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि […]