नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न सकेन : मुख्यमन्त्री कार्की

विराटनगर, ६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु […]

राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको छ । नवौं संविधान दिवसका अवसरमा प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशवासीमा संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको हो । जनतामा देखिएका […]

संविधान दिवसका अवसरमा कलेज अफ ल मा वादविवाद प्रतियोगिता

विराटनगर ३ असोज । संविधान दिवसका अवसरमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले वादविवाद प्रतियोगिता गरेको छ । वादविवाद प्रतियोगितामा रञ्जित लावती प्रथम र प्रवेश दाहाल द्वीतिय भएका छन् । त्यस्तै, लोकेन्द्र श्रेष्ठ तृतिय भएका छन् भने निमु शेर्पाले सान्त्वना पुरस्कार पाएकी छिन् । संघीयता अवसर हो भन्ने पक्षमा सात जना र संघीयता चुनौती हो […]

निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

विराटनगर ३ असोज । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ । शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथमभएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति […]

तीन जना नगर प्रहरीलाई विराटनगर महानगरले जिम्मेवारीबाट हटायो

विराटनगर २ असोज । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागु हुने गरी जिम्मेवारीबाट हटाएको हो […]