कोशी प्रदेश : ७ लाख ८६ हजार परिवार कृषि पेशामा

विराटनगर १४ कात्तिक । कोशी प्रदेशका ७ लाख ८६ हजार परिवार कृषि पेशामा रहेका छन् । राष्ट्रिय कृषिगणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजा आज विराटनगरमा सार्वजनिक गर्दै सो जानकारी दिईएको हो । कोशी प्रदेशमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९३७ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । […]

मन्त्रिपरिषद् सानो आकारको हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर १४ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धेरै संख्याको मन्त्रीमण्डल बनाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । विराटनगरमा आज राष्ट्रिय कृषिगणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्न ढिलाइ नभएको र थोरै संख्याको मन्त्रीमण्डल छिट्टै विस्तार हुने बताउनुभयो । ‘सरकारलाई अघि बढाउन मन्त्रीमण्डल विस्तारको काम अलिकति ढिलो […]

पाँच महिनादेखि थलिएकी सहनीको मेयर कोइरालाको पहलमा निःशुल्क उपचार

विराटनगर १३ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो । सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार […]

कोशी प्रदेश सरकार ४ वर्ष टिक्छ : डा. कोइराला

विराटनगर ९ कात्तिक । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेशमा गठन भएको सरकार ४ वर्ष टिक्ने दाबी गर्नुभएको छ । विहीबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा डा कोइरालाले कोशी प्रदेशको सरकार मज्जाले ४ वर्ष टिक्ने दाबी गर्नुभएको हो । डा कोइरालाले कोशी प्रदेशसभामा भएको गणित अनुसार चल्न नजान्दा विगतका सरकार ढलेका कारण अहिले […]

प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर ४ कात्तिक । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ । विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । शनिबार कोसी प्रदेशका मुख्यमन्त्री केदार […]