विराटनगर २ चैत । २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । २००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा […]
विराटनगर २ चैत । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ । महानगरका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग […]
विराटनगर २ चैत । विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्सको हत्या उनकै ब्वाई फ्रेन्ड (केटा साथी)ले गरेको आशंका गरिएको छ । यद्यपी यसको पुष्टि भइसकेको छैन । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार […]
विराटनगर २ चैत । रिकभरिङ्ग नेपाल कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको प्रादेशिक अन्तर मन्त्रालयगत लागू औषध कानुन सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले लागू औषध प्रयोगकर्तालाई रोगीका रूपमा बुझ्नु पर्ने बताएका छन् । प्रचलित कानुन अनुसार लागू औषध प्रयोगकर्तालाई अपराधीका रूपमा बुझ्ने गरिएको भएपनि व्यवहारिक हिसाब र सामाजिक हिसाबले उनीहरूलाई रोगीका रूपमा बुझ्न आवश्यक भएको सरोकारवालाहरूको […]
विराटनगर २ चैत । इन्सेक कोशी प्रदेश कार्यालयले गठन गरेको मानव अधिकार सहायता कक्षको आज पुर्नताजगी तथा छलफल कार्यक्रम गरेको छ । मानव अधिकार घटनामा पीडित मानव अधिकार रक्षकहरूलाई आर्थिक सहायता तथा कानुनी उपचारका लागि सहयोग गर्ने उद्देश्यले ०७८ साउन १ गते गठन गरिएको हेल्प डेस्कले आज पुर्नताजगी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको हो । […]