सुनसरीको दुहवीमा एमाले र कांग्रेसका कार्यकर्तावीच झडप

विराटनगर, २३ वैशाख । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –९ छाताबेलिमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । आज बिहान करिब १० बजे छाताबेलि गाउँमा डिजे बजाएको निहुमा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । दुहबी ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदबार मेहदि हुसेनको घर वरिपरि डिजे बजाई जिस्काउने […]

घरदैलो पछि कोण सभा र मतदाता शिक्षामा जुट्दै विराटनगर एमाले

विराटनगर २३ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि घर दौलो कार्यक्रम सकेको नेकपा (एमाले) विराटनगरले दोस्रो चरणमा कोण सभा र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता शिक्षाका लागि वडा वडामा समुह बनाएर घर दैलोमै पुगि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव […]

२८ बर्षीया सुनिताको सदस्य पछि वडाध्यक्षमा उम्मेदवारी

विराटनगर, २२ वैशाख । २३ वर्षको उमेरमा बेलबारी ७ की सुनिता चौधरी वडा सदस्यमा निर्वाचित भईन । ०७४ को स्थानीय तह निर्वाचनमा उनले निकटतम् प्रतिष्पर्धीलाई १२१ मत अन्तरले पराजित गरेकी थिईन । उमेरले आफुभन्दा दोब्बर बढीकी उम्मेदवारलाई पराजित गरेपछि वडामा उनको उचाई ह्वात्तै बढ्यो । थारु महिलाबाट पहिलो पटक आफ्नो गाउँ टोलको जनप्रतिनिधि भएकी सुनिता […]

विराटनगरका एमाले उम्मेद्वार पूर्वखेलाडी देखि मजदुरसम्म

विराटनगर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका १९ वटै वडामा उम्मेद्वार खडा गरेको छ । जसमा राजनीतिक देखि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेत एमालेको छनौटमा परेका छन् । जसको विगत र वर्तमानको राजनीतिक सक्रियता तथा शैक्षिक योग्यता कस्तो भनेर यस समाचारमा चर्चा गरिएको छ । काजी […]

विराटनगर १२ का एमाले उम्मेदवार बरालद्धारा स्वास्थ्य वीमा नि : शुल्क गर्ने घोषणा

विराटनगर, २२ वैशाख । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका भोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा नि : शुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘ नगरको सुविधा आफ्ना लागि प्रयोग गर्दिन, वडावासीको स्वास्थ्यमा लगाउँछु ।’ वडाका हरेक […]