एमाले मोरङको दशौं जिल्ला अधिवेशन स्थगित, ११ सदस्यीय कार्यसम्पादन समिति गठन

विराटनगर २० पुस । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । आगामी पुस २७–२८ गते विराटनगरमा गर्ने तय भएको अधिवेशन स्थगित गरिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनका लागि आवस्यक तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार अधिवेशनको मिति चाँडै तय गरिने छ । अध्यक्ष पोखरेलले भन्नुभयो,‘ झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका कारण निर्धारित समयमा अधिवेशन गर्न सकिएन ।’

जिल्ला कमिटी बैठकले उपाध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा शान्ती लिम्बू, सन्तोष साह, रविन थापा, सन्तोष वान्तवा, सोमराज थापा, राम घिमिरे, ईरान राई, मीनकुमार आचार्य, धर्मानन्द खरेल र रिता न्यौपाने छन् ।