विराटनगर, २३ असोज । नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य डिल्लीराम अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रदेशसभा निर्वाचनको टिकट वितरणमा असन्तुष्टि जनाउँदै अधिकारीले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएको […]
विराटनगर, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचन पछि पनि देशमा स्थिरता नआउने बताउनुभएको छ । निर्वाचन पछिका ५ वर्ष पनि मुलुक अस्थिरताका विच गुज्रने उहाँको भनाई छ । विराटनगरमा नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले सो कुरा […]
विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ६ वटा प्रतिनिधिसभाको क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय समन्वय कमिटीहरुले आज ६ वटै क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको जनाएका छन् । क्षेत्र नम्वर १ बाट स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाम्फे सहित ५ जनाको नाम सिफारिस भएको छ […]
विराटनगर, १९ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ ।१२ वटै प्रदेशसभाको प्रत्यक्षतर्फ एक भन्दा बढीको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ (क) बाट मोरङ सचिव रुपेश खतिवडा […]
विराटनगर, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताउनु भएको छ । उहाँले हामीवीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताउनुभयो । एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश १ स्तरिय प्रशिक्षणमा विराटनगर आउनु भएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताउनु भएको हो । […]