‘प्रेमको प्रतिक भगवान कृष्ण’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव आज सकिने

विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]

विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् मञ्चन, बुधबार सुसंस्कृतम्

विराटनगर, २८ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको भविष्य निर्माणमा पुर्याउनसक्ने सकारात्मक प्रभावकहरुलाई सुन्दर ढंगले […]

विद्यालय नाटक महोत्सव : आज भविष्य निर्माण मञ्चन, भोली कोही किन बर्बाद होस्

विराटनगर, २७ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको छैठौं दिन भविष्य निर्माण मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको सुम्निमा इङ्गलीस् स्कुलले विद्यार्थी अभिनित भविष्य निर्माण मञ्चन गरेको हो । विद्यालयका शिक्षक भावना कार्कीले परिकल्पना तथा निर्देशन गरेको देवकुमारी थापा कृत नाटकमा समाजको वातावरणले पार्ने प्रभाव देखाइएको थियो । नाटकमा आषिश चौधरी, […]

विद्यालय नाटक महोत्सव : आइतबार चोर मञ्चन, सोमबार भविष्य निर्माण

विराटनगर, २६ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा रञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा परेको, अभावहरुको भारले भुँइ भन्दा माथि आउन नसकेको बखतबहादुरको परिवारको […]

’नेशनल आर्टिष्ट अवार्ड–२०७९’का लागि आवेदन खुल्ला

काठमाडौं, २५ चैत । नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए । सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने […]