विराटनगर, ३० पुस । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनियाताको सपथ लिनुभएको छ । आज उपसभामुख दनुवारले प्रदेश १ का सभामुख बाबुराम गौतमबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । आजकै प्रदेशसभा बैठकबाट बहुमतका आधारमा उपसभामुख पदमा दनुवार निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा ५७ मत परेको […]
विराटनगर २८ पुस । विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरुले जथाभावी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको […]
विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित ५० वर्षीय गौतम प्रदेशको दोस्रो सभामुख बन्नु भएको हो । सभामुखको मनोनयनका क्रममा गत मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट उहाँको मात्रै उम्मेदवारी परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले […]
विराटनगर २७ पुस । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा दिपक दाहाल सर्वसम्मत चयन हुनु भएको छ । विराटनगरमा आज भएको सहकारीको ११ औँ साधारणसभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् । यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, […]
विराटनगर २७ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने हुनु भएको छ । पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नेपालको संविधान धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम पुस २९ गते विहान ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि प्रदेशसभामा सुचना दिनु […]