सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा दाहाल

विराटनगर २७ पुस । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा दिपक दाहाल सर्वसम्मत चयन हुनु भएको छ ।

विराटनगरमा आज भएको सहकारीको ११ औँ साधारणसभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् । यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश यादव, राजेश राजवंशी, भोजराज घिमिरे रहेका छन् । यसैगरी लेखा समिति संयोजकमा अविनाश निधि, सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल रहेका छन् । ११ वर्ष अगाडी स्थापना भएको सहकारीमा १ सय १६ जना सेयर सदस्य पुगेका छन् ।

सहकारीमा संचारकर्मीहरू मात्र सेयर सदस्य रहेका छन् । साधरणसभामा उत्कृष्ट ऋणी र बचनकर्तालाई सम्मान गरिएको छ । श्यामसुन्दर सुतिहार, चिना थापा, भोजराज घिमिरेलगायतलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कदर पत्र प्रदान गर्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङ्गले पत्रकारद्वारा पत्रकारकालागि सञ्चालनमा गरिएको सहकारीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।