मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुद्धारा सपथग्रहण

विराटनगर, ९ जेठ । मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुले विराटनगरमा सपथग्रहण गरेका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा १७ वटै पालिकाका प्रमुखहरुले सपथग्रहण गरेका हुन् । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालले उनीहरुलाई सपथग्रहण गराए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए […]

विराटनगर ८ का वडाध्यक्षको निर्णय : चोक–चोकमा सूचना पाटी र घर–घरमा स्वास्थ्य वीमा अभियान

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष राम पोखरेलले कार्यभार सम्हालै लगत्तै दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् । अध्यक्ष पोखरेलले वडा र महानगरपालिकाका सूचना सवै वडावासीलाई जानकारी हुनेगरि चोक–चोकमा सूचना पाटी राखेर प्रवाह गरिने निर्णय गरिएको बताएका छन् । वडावासीलाई हरेक सूचनावारे जानकारी दिने उद्देश्यले सो निर्णय गरिएको उनको भनाई छ […]

विराटनगरमा कांग्रेसको विजयोत्सव ( फोटो फिचर)

विराटनगर, ८ जेठ । नेपाली कांग्रेस महानगर समितिको आयोजनामा आज विराटनगरमा भव्य विजय र्याली निकालिएको छ । महानगर प्रमुखमा निर्वाचित नागेश कोइराला, वडाध्यक्षहरु, सदस्यहरु सहभागि भएको र्यालीका कांग्रेस नेताहरु डा. शेखर कोइराला, डिला संग्रौला, अमृत अर्याल लगायतका नेताहरु सहभागि भएका थिए । कांग्रेसले महानगर प्रमुख सहित ६ वडाध्यक्ष जितेको छ ।

पत्रकार नवोदितसहित तीनजना सम्मानित

विराटनगर, ८ जेठ । पत्रकारिता र साहित्यमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय कवि एवं पत्रकार मीनकुमार नवोदितसहित तीनजना सम्मानित भएका छन् । विराटनगरस्थित पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ११ हजार राशिको पत्रकारिता पुरस्कार तथा सम्मान कविसमेत रहेका नवोदितलाई समर्पण गरेको हो । नवोदित मकालु टेलिभिजनको कार्यबाहक सम्पादक र कारोबार दैनिकको प्रदेश–१ […]

मोरङको रंगेलीमा एमालेको ऐतिहासिक जित, एक सदस्य बाहेक सवै एमालेका उम्मेदवार निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेलीमा एमालेले ऐतिहासिक जित निकालेको छ । रंगेली नगरको ४७ पदको लागि भएको निर्वाचनमा एमालेले एक सदस्य बाहेक सवै पदमा विजयी भएको छ । वडा नम्वर ६ को एक सदस्य जसपाले जितेको छ । ९ वटा वडा रहेको रंगेलीमा एमालेले वडा नम्बर ६ मा एक सदस्य पद गुमाउनु बाहेक सवै […]