सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा

विराटनगर, १४ मंसिर । सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ। एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो। जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका–९ छाताबेलीमा झडप भएको छ । ढुंगा लागेर एमाले कार्यकर्ता लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन्। एक्कासि ढुंगामुढा भएपछि केही बेर […]

‘निर्वाचनमा सघाउने सबैलाई धन्यवाद’

विराटनगर, ११ मंसिर । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आमनिर्वाचनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिएको हो । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा चुनाव सम्पन्न गराउन गत असोज २० गते मुख्य […]

पराजयबाट विचलित भएको छैन, जनताको सेवामा निरन्तर रहन्छु : पर्शुराम

विराटनगर, ११ मंसिर । नेकपा (एमाले)का नेता पर्शुराम बस्नेत (कृष्ण)ले आफू अबिराम हिसाबले जनताको सेवामा खटिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले निर्वाचनमा आफूलाई प्राप्त भएको मतले निराश नबनाएको र थप उत्साह प्रदान गरेको पनि उल्लेख गर्नु भयो । ४ गते सम्पन्न निर्वाचनमा बस्नेत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । […]

मोरङ–२ बाट सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका पोखरेल निर्वाचित, को हुन् पोखरेल ?

विराटनगर, ११ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्रेसकी कोइालाले ३१ हजार ९ […]

सुनसरी ४ को मतगणना रोकियो

विराटनगर १० मंसिर । सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि गणना रोकिएको हो । सुनसरी ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिन मागसहित सर्वदलीय बैठक बस्नुपर्ने अडान लिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय […]