कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा विष्ट नियुक्त

विराटनगर १ चैत । कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा महेन्द्र विष्ट नियुक्त हुनु भएको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई बुधबार मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्नु भएको हो । पत्रकार विष्टले आमसञ्चार विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०५२ सालदेखि निरन्तर पत्रकारिता पेशामा रहनुभएका विष्ट हाल अरुण खवर अनलाईनको […]

लैंगिक हिंसा निवारणका कार्यक्रमहरु तल्लो तह सम्म पुग्न आवस्यक : उपप्रमुख कार्की  

विराटनगर ३० चैत । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले लैंगिक हिंसा निवारणका लागि सञ्चालित कार्यक्रमहरु तल्लो तह सम्म पुग्न नसकेको बताउनुभएको छ । लक्षितवर्गका कार्यक्रमहरु संघ संस्था र पार्टी प्यालेसहरुमा केन्द्रित हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँको भनाई छ । कार्यक्रमहरु तल्लो तह सम्म नपुगेसम्म कार्यक्रमको सफलता नदेखिने उहाँको भनाई छ । भिएसओसँगको […]

‘गल्स अन ब्हील’ प्रतियोगितामा थापा र ढकालको जोडी प्रथम

विराटनगर २९ फागुन । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडी प्रथम भएका छन् । उनीहरुले एसि पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । […]

तुलसी सहकारीका दुई सञ्चालक सहित तीनजना पक्राउ

विराटनगर २९ फागुन । विराटनगर २ मा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै […]

सेनाद्वारा ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ महानगरलाई हस्तान्तरण

विराटनगर २८ फागुन । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गर्नुभयो […]