कोशी चलचित्र महोत्सव जेठ ६ देखि

विराटनगर ३ जेठ । कोशी चलचित्र महोत्सव आगामी जेठ ६ गतेदेखि हुने भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा जेठ ६ देखि ११ गते सम्म महोत्सव हुने भएको हो । कोशी प्रदेशमा निर्माण भएका चलचित्रहरुमा कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी बृद्धि एवं […]

पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका बाह्र स्थानीय तहमा कानूनको व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने

विराटनगर २ जेठ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका छ, झापाका पाँच र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । […]

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : पटनासँग नेपाल पुलिस पराजित

विराटनगर १ जेठ । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै […]

कोशी प्रदेश सभा सदस्य लिम्बु अशोक राई नेतृत्वको जसपामा

विराटनगर १ जेठ । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी […]

बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा प्रभातफेरी

विराटनगर १ जेठ । नेपाल बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार विराटनगरमा प्रभातफेरी निकालिएको छ । बिमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले प्रभातफेरीको आयोजना गरेको हो । विराटनगरको तीनपैनीबाट सुरु भएको र्याली मेनरोड, ट्राफिक चोक हुँदै महेन्द्र चोकमा पुगेर सम्पन्न भएको थियो । र्यालीमा जीवन बिमा र निर्जीवन बिमा कम्पनीका कर्मचारी, अभिकर्ता र बिमकहरुको सहभागिता […]