विराटनगर २५ मंसिर । एविसी नेपालले आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ । गत भदौ २४ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र बिऊ पुँजीसमेत वितरण गरिएको थियो । एवीसी नेपालकी अध्यक्ष विष्ण शर्माको सभापतित्वमा सम्पन्न […]
विराटनगर २३ मंसिर । ७५ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दुई जना मानव अधिकारकर्मीलाई सम्मानित गरिने भएको छ । मानव अधिकार सञ्जाल विराटनगरले पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र मानव अधिकारकर्मी बागमति कट्टेललाई मानव अधिकार सम्मानबाट सम्मानित गर्ने भएको हो । अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सञ्जालले हरेक वर्ष २ जना अधिकारकर्मीहरुलाई सम्मानित […]
विराटनगर १६ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तराष्ट्रिय दिवसको अवसरमा आज साँझ विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका लगायतको सहकार्यमा अपाङ्ग महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा सरोकारवाला व्यक्तिहरु लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । अपाङ्गता भएका ब्यक्तिहरुको […]
विराटनगर १५ मंसिर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको बताउनु भएको छ । लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पुर्याएको सहयोगको प्रशंसा गर्नु भयो […]
विराटनगर १५ मंसिर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । वरिष्ठ कानुन व्यवसायी […]