एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]

क्षति भएका मोरङका सरकारी कार्यालयहरुको पुनः निर्माण गरिने

विराटनगर ३१ भदौ । जिल्ला विपद् व्यवस्थापन समितिको आजको बैठकले भदौ २४ गतेको जेन जि का आन्दोलनक्रममा भएको क्षति भएका जिल्लास्थित सरकारी तथा स्थानीय पालिकाको कार्यालयहरुको पुननिर्माण गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित उक्त बैठकमा भदौ २४ गते भएको तोडफोड एवं आगजनीबाट क्षति भएका कार्यालयहरुको पुननिर्माण गर्न सार्वजनिक खरीद ऐन २०६३ […]

आगलागी तथा तोडफोड भएका कार्यालयको दैनिक सफाई गर्दै स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल

विराटनगर २८ भदौ । जेनजी आन्दोलनका कारण आगलागी तथा तोडफोड भएका कार्यालयको दैनिक सरसफाई स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले गर्दै आएको छ । विराटनगरको मध्य क्षेत्रको फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको सो संस्थाले अहिले मध्य क्षेत्र अन्तरगतका कार्यालयहरुको सरसफाईमा जुटेको छ । विहान ७ वजेदेखि साँझ सम्म कर्मचारीहरु सरसफाईमा खटिएको स्वास्थ्य र शान्तिका लागि […]

तोडफोड तथा आगजनी भएको सिडियो कार्यालयको महासंघको अगुवाईमा सरसफाइ

विराटनगर २८ भदौ । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको पत्रकार महासंघको अगुवाईमा आज विहान सरसफाइ गरिएको छ । शनिबार विहान नेपाल पत्रकार महासंघ मोरङका पदाधिकारी, सदस्यहरु तथा पत्रकार महासंघ कोशी प्रदेशका पदाधिकारीहरुको सहभागितामा सरसफाई गरिएको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनीकारीहरुले आगजनी र तोडफोड गर्दा जिल्ला […]

आजदेखि सोह्र श्राद्ध शुरु

विराटनगर २३ भदौ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ । शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु–शिष्य लगायत दिवङ्गत […]