बुढानिलकण्ठ स्कूलकाे ४१ औं अभिभावक दिवस

विराटनगर ९ फागुन । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । […]

नेपाली विद्यार्थीलाई न्याय माग्दै अखिल विराटनगरको श्रद्धाञ्जली सभा

विराटनगर  ८ फागुन  । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । रानी नाकामा अनेरास्ववियु विराटनगर महानगर कमिटीले मैनबत्ती बालेर प्लेकार्ड प्रदर्शन गर्दै न्यायको माग गरेको हो। अनेरास्ववियु महानगर कमिटी […]

नो केवलकार समूहका कार्यकर्ताद्धारा आक्रमण

विराटनगर ८ फागुन । पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । फुङलिङ नगरपालिका ९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेड क्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका सभापति […]

प्रथम कमल एमाले कप फुटवल : वडा नम्बर २ र ७ विजयी

झापा (कमल), ७ फागुन । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ । कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ […]

प्रमुख अतिथिबाटै कृति खरिद गरेर लोकार्पण

विराटनगर ७ फागुन । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले मोरङको बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै खरिद गरेर कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा लेखक तथा पत्रकार केशु विरहीद्वारा अनुसन्धान अक्षयकोष निर्माणार्थ प्रकाशित कृतिको प्रमुख अतिथि, कार्यक्रमका सभापति, विशिष्ट अतिथिहरूबाट आफैँले कृति खरिद गरेर त्यसैको […]