विराटनगर १५ असोज । विराटनगर सीमा क्षेत्रमा सञ्चालित सफारी र अटो चालकहरुसँग माईती नेपालले आज मानव वेचखिन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण गरेको छ । सीमा क्षेत्रमा सवारी चलाउदै गर्दा कस्ता खालको व्यक्तिलाई शंका गर्न सकिन्छ र शंका लागेमा कहा सम्पर्क गर्ने जस्ता कुराहरुमा छलफल गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]
विराटनगर ११ असोज । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच अनावरण गर्नुभयो । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको […]
विराटनगर ११ असोज । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्ने बताउनु भएको छ । ऐन, कानुनहरु अपाङ्गतामैत्री भएमा सवैका लागि हुने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश विराटनगरले आज आयोजना गरेको प्रदेशका विद्यमान नीति तथा कानून विश्लेषणको निश्कर्षबारे छलफल र समावेशी कानुन निर्माणका लागि योजना निर्माण कार्यशालामा उपसभामुख दनुवारले सो कुरा […]
विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन […]
विराटनगर २० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको […]