पिताको स्मृतिमा विद्यालय भवन निर्माण

विराटनगर ११ फागुन । मोरङको रतुवामाई ९ मा स्थानीय स्वर्गीय नरेन्द्रबहादुर थापाका परिवारले विद्यालयको भवन निर्माण गरेका छन् । स्वर्गीय थापाले २०२२ सालमा स्थापना गरेको जनता माध्यमिक विद्यालयमा एक–एक कक्षा कोठाको २ तल्ले भवन निर्माण गरि विद्यालयका प्रधानाध्यापक इश्वर खनाललाई एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको हो । स्वर्गीय थापाकी श्रीमती मैया थापा छोराहरु भैरव, ज्ञानेन्द्र, […]

खेलकुद महासंघको केन्द्रीय अध्यक्ष बने पर्शुराम

विराटनगर, ९ फागुन । नेकपा (एमाले)का युवा नेता पर्शुराम बस्नेत (कृष्ण) नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष चुुनिनु भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा आज सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन हुनु भएको छ । अरु पदाधिकारी र […]

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीहरुले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नु पर्ने बताउनु भएको छ । निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को १४ं औं साधारण सभा एवं अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सङ्घीयता स्थापना पछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तिव्रता लिएको अवस्थामा व्यवसायीहरुले तोकिएको समयमा निर्माण […]

प्रदेश १ : मानवअधिकार उल्लंघनका घटनामा ९ सय ७० जना पीडित

विराटनगर ८ फागुन । सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा ९ सय ७० […]

नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन आज देखि विराटनगरमा शुरु

विराटनगर ७ फागुन । एमाले निकट नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन आज देखि विराटनगरमा शुरु भएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले अनुशासन नभएका ब्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गर्नुभएको छ । ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गर्नुभयो । खेलका गतिबिधि हुन नसकेको […]