एभरेष्ट बैंकबाट बचतकर्ताको डेढ करोड चोरी अभियोगमा अप्रेशन इन्चार्ज प्रधान कारागार चलान

विराटनगर ३० जेठ । उच्च अदालत विराटनगरले एभरेष्ट बैंक सुनसरी इटहरी शाखाका तत्कालिन अप्रेशन इन्चार्ज निरज प्रधानलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । विराटनगर ८ का प्रधानले सर्वसाधारणले बैंकमा बचत गरेको एक करोडभन्दा बढी रकम रकमान्तर गरि ठगी गरेको अभियोगमा उच्च अदालत विराटनगरले बैंकिङ्ग कसुर मुद्धामा कारागार चलान गर्ने आदेश दिएको […]

कोशी प्रदेशको १४ जिल्लामा हुने विपद्को उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो

विराटनगर, ३० जेठ । कोशी प्रदेशको १४ जिल्लामा हुने वाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयम जनधनको क्षति न्यूनिकरण, एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर सुनसरीद्वारा इटहरीमा आज प्रदेशस्तरीय एकिकृत विपद् व्यवस्थापन ‘ अभ्यास […]

अध्यादेशबाट बजेट ल्याउन लागिएको भन्दै कोशी प्रदेशका चारदल सशंकित

विराटनगर २८ जेठ । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन लागिएको भन्दै कोशी प्रदेशका चारदल सशंकित भएका छन् । संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट […]

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर २८ जेठ । कोशी प्रदेशसभाको बैठक आगामी जेठ ३१ गते बुधबार बस्ने भएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएपछि संसद बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । जेठ २४ गते प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यसूचि थियो । अन्य ६ वटा प्रदेशले नीति तथा कार्यक्रम पेश […]

विराटनगर–१९ स्थित सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना

विराटनगर २८ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ल्याबको उद्घाटन गर्नुभयो । महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो । अत्याधुनिक उपकरणसहित ल्याबमा […]