विराटनगर २२ कात्तिक । काेशी प्रदेश सभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले २७ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लाग्नु भएकाे छ । निराहार व्रत बस्पनु भएका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट आज बिहान १० वजे दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नुहुनेछ […]
विराटनगर २२ कात्तिक । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेपाली काङ्ग्रेस मोरङले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारको रुपमा बलराम सरदारलाई चयन गरेको छ। नेपाली काङ्ग्रेसका पूर्व महासमिति सदस्य सरदारलाई उम्मेदवार बनाउन जिल्लास्तरीय समितिले निर्णय गरेको हो। नेपाली कांग्रेस मोरङका सूचना संचार एवम प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले यसबारे जानकारी गराउँदै सरदारको उम्मेदवारी सर्वसम्मत निर्णयको […]
विराटनगर २२ कात्तिक । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण् गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो […]
विराटनगर २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस […]
विराटनगर २१ कात्तिक । विराटनगर ३ स्थित क्याम्पस मार्गमा रहेका स्थानीयहरु टोलको विकासका लागि संगठित भएका छन् । महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक पूर्वाधार विकास र सुशासन कायम राख्ने उद्धेश्यले क्याम्पस मार्ग सामूदायिक टोल विकास संस्थाको गठन गरिएको छ । प्रभा बास्कोटाको अध्यक्षमा गठित सामूदायिक टोल विकास संस्थालाई विधिवत् रुपमा बुधबार महानगर वडा नम्बर […]