विराटनगर ११ मंसिर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले कोशी प्रदेशमा सवैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरु मध्येबाट उत्कृष्ट विराट मेडिकल कलेजलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सम्मानित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा […]
विराटनगर १० मंसिर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा उनी पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाउनलाई पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै अधिकारीविरुद्ध मुद्दा […]
विराटनगर १० मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत र्यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट प्रमुख नागेश कोइरालाको नेतृत्वमा सुरु भएको र्यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रमुख कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, […]
विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गरिने बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ का को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिईने व्यवस्था गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । दि नेपाल डिस्ट्रिलरिज प्रालि काठमाण्डौंसँगको सहकार्यमा नेपाल फार्मस एडभाईजरी काउन्सील प्रालि काठमाण्डौंले […]
विराटनगर ९ मंसिर । महिला मानव अधिकार रक्षक सञ्जाल मोरङको आइतबार सम्पन्न वार्षिक साधारण सभाले तारा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । घिमिरेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बु, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेबी राई चयन हुनुभएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो । निर्वाचन समितिका […]