अध्यादेशबाट बजेट ल्याउन लागिएको भन्दै कोशी प्रदेशका चारदल सशंकित

विराटनगर २८ जेठ । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन लागिएको भन्दै कोशी प्रदेशका चारदल सशंकित भएका छन् । संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट […]

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर २८ जेठ । कोशी प्रदेशसभाको बैठक आगामी जेठ ३१ गते बुधबार बस्ने भएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएपछि संसद बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । जेठ २४ गते प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यसूचि थियो । अन्य ६ वटा प्रदेशले नीति तथा कार्यक्रम पेश […]

विराटनगर–१९ स्थित सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना

विराटनगर २८ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ल्याबको उद्घाटन गर्नुभयो । महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो । अत्याधुनिक उपकरणसहित ल्याबमा […]

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख सहित ६ जना १० घण्टा कार्यकक्षमै थुनिए

विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई विद्यार्थीले कार्यकक्षमै १० घण्टा थुनेका छन् । उनीहरु राती १२ वजे छुटेका थिए । आईतबार क्याम्पस प्रशासन र स्ववियुवीच वार्ता गर्ने सर्तमा राती १२ बजे छोडिएको स्ववियु सदस्य मन्दिप पोखरेलले जानकारी दिनुभयो । क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख […]

उपसभामुख दनुवारले पहिचानवादीलाई भनिन्,‘ आक्रमण हैन, वार्तामा आउनुहोस्’

विराटनगर २७ जेठ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले कोशी नामकरण प्रति असन्तुष्ट पहिचान बादीहरुलाइ वार्तामा आउन आग्रह गर्नुभएको छ । विराटनगरमा आयोजना गरिएको महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आफुमाथि विहिबार भएको आक्रमणका कारण घर जान पनि डराउनुपर्ने अवस्था आएको बताइन । उनले आफ्नो घर जान नसक्ने […]