प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीप प्रथम, विजेता विद्यार्थीलाई कलेजले गर्यो सम्मान

विराटनगर, २१ फागुन । कोशी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीपकलेज विराटनगरले प्रथम स्थान हासिल गरेको छ ।

काठमाण्डौमा अवस्थित प्रि इन्जिनियरिङ पढाइ हुने संस्था पीईए र मनमोहन प्राविधिक विश्वविद्यालयको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी ३२ वटा समूहलाई पछि पार्दै शिक्षादीप कलेजबाट सहभागी भएका दुई वटा समूहले नै प्रथम र द्वितीय स्थान हासिल गरेका थिए । विनय प्याकुरेल र गंगाराम अधिकारी (अनमोल)को समूहप्रथम तथा प्रशान्त कार्की र निश्चल आचार्यको समूहले द्वितीय स्थान लिएको हो ।

सो प्रतियोगिताबाट पहिलो र दोश्रो हुनेले नगद पुरस्कार क्रमशः १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँका साथै कप, शिल्ड प्राप्त गरेका थिए । साथै उनीहरुलाई आयोजक संस्था पीईएले चार वर्षको विई कोर्षमा पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गरिदिने घोषणा गरेको छ । आगामी महिनामा काठमाण्डौमा हुने राष्ट्रव्यापी प्रतियोगितामा कोशी प्रदेशबाट शिक्षादीपका दुवै समूह भाग लिन पाउने र त्यसमा पनि विजयी भएमा नगद एक लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रदेशस्तरीय हाजिरी जवाफमा प्रथम र द्वितीय स्थान हासिल गरेर कलेजको इज्जत बढाएको भन्दै कलेजले आइतबार कलेज परिसरमा आयोजित एक कार्यक्रमका बिचमा विद्यार्थीहरुलाई थप नगद पुरस्कार सहित सम्मान गरेको छ ।

दुवै समूहलाई पाँच–पाँच हजार नगद पुरस्कार प्रदान गर्दै प्रिन्सिपल ज्ञानबहादुर खड्का, प्रमुख निर्देशक रमेशकुमार मण्डल, विज्ञान कार्यक्रमका संयोजक नवीनकुमार रायलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल खड्काले विजयी विद्यार्थीले कलेजलाई गौरवान्वित तुल्याएको बताए । उनले भने– पछिल्ला व्याचकाविद्यार्थीहरुले पनि यस उपलब्धीबाट प्रेरणा प्राप्तगरुन् भन्ने उद्देश्यले विद्यार्थीहरुकाबिचमा सम्मान र पुरस्कार प्रदानगरिएको हो । शिक्षादीपलाई सधैँ अगाडि बढाउन विद्यार्थीहरुको भूमिका उल्लेख्य रहेको समेत प्रिन्सिपल खड्काले आँैल्याए ।