विराटनगर ६ फागुन । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र भिजन–१० सार्वजनिक गर्नुभएको छ । सभापति थापाले आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो ।
कांग्रेसले सार्वजनिक गरेको भिजन– १० मा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल रहेको छ ।
प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ । साथै उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।