बालसंरक्षण घटना व्यवस्थापन सम्वन्धी छलफल

विराटनगर ६ फागुन । सुनसरीको इटहरीमा बालसंरक्षण घटना व्यवस्थापन सम्वन्धी छलफल कार्यक्रम गरिएको छ ।

भ्वाइस अफ चिल्ड्रेनको आयोजना तथा राष्ट्रिय बालअधिकार परिषद्को सहजीकरणमा बालसंरक्षण आज घटना व्यवस्थापन समवन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाका घटनाहरूलाई कसरी व्वस्थापन गर्ने ? यसका सरोकारवालाहरू को को हुने, सरोकारवालाहरूको भूमिका र सेवा प्रदायकहरूको नंक्सांकन गरिएको थियो ।

कार्यक्रममा सुनसरी जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईटहरी उपमहानगरपालिका लगायत ३५ जना सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नु भएको थियो ।