राष्ट्रिय सभा सदस्य निर्वाचन : कोशी प्रदेशमा २ सिटका लागि ५ जनाको उम्मेदवारी

विराटनगर २३ पुस । कोशी प्रदेशमा २ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज २ सिटमा ५ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । कोशी प्रदेशमा महिला समूहका लागि […]

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विराटनगर २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आज नियुक्त हुनु भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उहाँलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]

नेपाल निजामति कर्मचारी संगठन मोरङद्धारा सेवा निवृत्त १४ जना कर्मचारी सम्मानित

विराटनगर २२ पुस । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले सेवा विवृत्त १४ जना कर्मचारीलाई सम्मान गरेको छ । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा गोपाल फनपार्क कटहरीमा भएको बनभोज कार्यक्रमको अवसरमा सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरिएको हो । सेवा निवृत्त कर्मचारीहरु राजु अधिकारी, गणेशवहादुर कार्की, […]

रसायन तथा मेडिकल आपूर्ती संघ मोरङको अध्यक्षमा राउत

विराटनगर २२ पुस । रसायन तथा मेडिकल आपूर्ती संघ, नेपाल (केमसन)को प्रथम मोरङ जिल्ला अधिवेशनले दिनेशकुमार राउतको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा राजिव निरौला, सचिवमा भुवन साह र कोषाध्यक्षमा सुमन पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा मनोज तिवारी, सागर भट्टराई र नन्दनप्रसाद रौनियार निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका […]

राष्ट्रिय सभा निर्वाचनबारे राजनीतिक दलसँग छलफल

विराटनगर २२ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि कोशी प्रदेशमा मनोनयन देखि निर्वाचन सम्मको तयारीका लागि राजनैतिक दलहरुसंग छलफल गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मनोनयन देखि निर्वाचन सम्मको स्थिति, मनोनयन प्रक्रिया, निर्वाचन विधि र कानुनी प्रक्रिया बारे जानकारी गराइएको थियो । सो […]