विराटनगर १८ पुस । माईती नेपाल विराटनगरले बालिका तथा किशोरीहरुसँग आज कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा सीमावर्ती जोगवनीनाकाबाट उद्धार गरिएका युवतीहरु, घरेलु हिंसामा परेको महिलाहरु र विराटनगरका विभिन्न वडावाट बालिकाहरु गरि २३ जनाको सहभागिता रहेको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मानव बेचबिखन तथा ओसारपसार र […]
विराटनगर १७ पुस । भारतको हैदराबादमा सम्पन्न १० औ विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियन्सीपमा पदक विजेता दिपा विष्टलाई विराटनगरमा सम्मान गरिएको छ । मंगलबार जिल्ला मोरंग स्ट्रेन्थलिफ्टिङ संघद्धारा आयोजित सम्मान कार्यक्रममा मोरंग सुन्दरहरैचा नगरपालिकाकी विष्ट र सुनसरीका कविर भगत प्रधानानंगलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा मोरंग संघका अध्यक्ष नवजित राज प्रधानले भारतमा […]
विराटनगर १७ पुस । कोशी प्रदेश सभामा पेश भएको स्थानीय सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकले स्वास्थ्यकर्मीको सेवा सुविधा कटौती गरिएको प्रति स्वास्थ्यकर्मीहरुले आपत्ती जनाएका छन् । स्वास्थ्यकर्मीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशसभामा पेश भएको मौजुदा संघीय स्वास्थ्य ऐनमा व्यवस्था भएका सेवा सुविधा कटौती गरेको प्रति स्वास्थ्यकर्मी, नर्स, […]
विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने […]
विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङद्धारा आज विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको […]