विराटनगर २ असार । सवैका लागि हरित तथा सफा विराटनगर नाराकासाथ विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक चित्रकला प्रतियोगिता भएको छ । विराटनगर महानगरपालिका, पर्यटन, वन तथा वातावरण मन्त्रालय, दिगो विकाश इच्स्टिच्युट योरुरेस, एनवाईसीए विराटनगर, सुनौलो अवसर युवा क्लव र नगर वाल क्लवको सहकार्यमा विराटनगरमा वातावरण सम्वन्धी पहिलो पटक एक दिवसिय चित्रकला प्रतियोगिता भएको हो । […]
विश्व वातावरण दिवस वातावरण संरक्षण र संरक्षणको लागि विश्वव्यापी चेतना जगाउन र यस कार्यलाई बढावा दिनजुन ५ अर्थात् जेठ २२ गतेमा मनाइने वार्षिक कार्यक्रम हो । २०२३ मा विश्व वातावरण दिवसले वातावरणीय समस्याहरुलाई सम्बोधन गर्न र ब्यक्ति, समुदाय र सरकारहरुलाई अर्थपूर्ण कार्यहरु गर्न प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्न जारी राख्दछ । विगतका बर्षझै यस वर्ष […]
विराटनगर ८ जेठ । विराटनगर महानगरपालिकाले मौसमी फल लिच्चीका पात र हाँगाका झुप्पाहरु सडकमा नफाल्न आग्रह गरेको छ । लिच्ची उत्पादन हुने समय भएकाले बजारका सडक किनारमा लिच्ची विक्री गरिसकेपछि पात र हाँगाका झुप्पाहरु फाल्दा फोहोर हुने गरेको भन्दै सडकमा जथाभावी रुपमा नफाल्न आग्रह गरिएको विराटनगर महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले बताउनुभयो । महानगरपालिकासँगको […]
विराटनगर ६ जेठ । कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले स्थानीय स्तरमा रहेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरुको विकास गरिने बताउनु भएको छ । प्रदेश सरकारले संभावना भएका पर्यटकीय क्षेत्रको आवस्यक संरक्षण र विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वन, पर्यटन तथा वातावरणले शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको सुनसरी बर्जु […]
विराटनगर ४ जेठ । विराटनगरको विराटराजाको दरबार देखि सुनसरी बर्जु सम्मको हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । विहीबार मन्त्रालयमा बसेको मुल समारोह समितिको बैठकमा तयारी अन्तिम […]