एमाले कटहरी १ को अध्यक्षमा पोखरेल

विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन […]

एमाले महाधिवेशनको यूवा प्रतिनिधिमा राम पोखरेल आकांक्षी

विराटनगर ६ मंसिर । नेकपा एमाले विराटनगरका यूवा नेता राम पोखरेलले आगामी महाधिवेशनमा यूवा तर्फबाट प्रतिनिधि हुने आकांक्षा राखेका छन् । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष समेत रहेका पोखरेल एमालेका सक्रिय यूवा हुन । आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर प्रतिनिधि छनौट गरिदैछ […]

याेगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय उर्जाशिलले पायाे दल दर्ताको प्रमाणपत्र

विराटनगर ५ मंसिर । राष्ट्रिय उर्जाशिल पार्टीले दल दर्ताकाे प्रमाणपत्र प्राप्त गरेकाे छ । निर्वाचन आयोगले आज राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष याेगेन्द्र मण्डललाई दल दर्ताको प्रमाणपत्र दिएकाे हाे । पार्टीको चुनाव चिन्ह चापाकल छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चापाकल चुनाव चिन्हबाट निर्वाचित हुनु भएको थियो । माेरङ क्षेत्र नं […]

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमाले मोरङद्धारा निर्वाचन कमिटी गठन

विराटनगर ५ मंसिर । नेकपा एमाले मोरङले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनौटका लागि निर्वाचन कमिटी गठन गरेको छ । विराटनगरमा आज बसेको सचिवालय बैठकले अधिवक्ता गणेश लुइँटेलको नेतृत्वमा ९ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले निर्वाचन व्यवस्थापनको जिम्मेवारी निर्वाचन क्षेत्रीय कमिटीलाई दिने निर्णय गरेको छ । मोरङमा महाधिवेशन […]

एमाले राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४३ जना प्रतिनिधि हुने

विराटनगर ४ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । महाधिवेशनका लागि आयोजक बाहेक भूगोलबाट सो संख्यामा प्रतिनिधि छनौट गरिने भएको हो । राष्ट्रिय महाधिवेशनका लागि देशभर एकै दिन मंसिर १३ गते प्रतिनिधि छनौट गरिदैछ । संघीय ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट ४३ […]