विराटनगर २० फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको […]
विराटनगर २० चैत । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत […]
विराटनगर, २० फागुन । विराटनगरमा सम्पन्न दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । दुइदिन सम्म विराटनगरमा संचालन भएको पहिलो राष्ट्रिय डोरीतान प्रतियोगिताको विजेता सशस्त्र प्रहरीलाई हराउदै कोशी प्रदेशले दोश्रो डोरीतान प्रतियोगिता जितेको हो । पहिलो खेल ४५ सेकेण्डमा जितेको कोशीले दोश्रो खेल भने १ मिनेट ७ सेकेण्डमा मात्र जित्न सकेको थियो […]
विराटनगर १८ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसंग छलफल गरि बजेट तयार पार्ने बताउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउपालिकास्थित मनोहर जनता माविमा अन्तरपालिका जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले खेलक्षेत्रलाई ब्यवसायिक रूपमा अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । […]
विराटनगर १८ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । […]