विराटनगरमा स्थानीय तह निर्वाचन लक्षित सुरक्षा बैठक

विराटनगर, २१ वैशाख । स्थानीय तह निर्वाचन–२०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा आज अपरान्ह प्रदेश सुरक्षा गोष्ठी शुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शुरु भएको सो गोष्ठीमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली प्रहरी प्रदेश नं , सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका […]

भूगोल मिल्दा पथरीशनिश्चरेमा एमालेको जनलहर

पथरीशनिश्चरे, २१ वैशाख । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रमुख उम्मेदवार चयनमा भूगोल समेतलाई ख्याल गरिएको कुराले नेकपा एमालेको पक्षमा थप जनलहर सृजना भएको छ ।उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक पथरी गाविसका अध्यक्ष भइसकेका वडा नम्बर […]

एमालेको वृहत् चुनावी भेलाको तयारी, भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

विराटनगर, २१ वैशाख । नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन् । सो कुराको पुष्टि नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले गरेका छन् । स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर […]

कांग्रेस आफू धोका खान्छ अरुलाई दिदैंन, नागेशलाई यसपटक न्याय भएको छ : देउवा

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले खाएपनि अरुलाई धोका नदिने गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले योपटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको पनि बताए । “यसअघि पनि पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि […]

सुनसरीको धरानको मेयरको दौडबाट जसपा बाहिरियो, गठबन्धनलाई सहयोग गर्ने

विराटनगर, २० वैशाख । सुनसरी धरान उपमहानगरपालिकाको मेयरको दौडबाट जनता समाजवादी पार्टी (जसपा) पछि हटेको छ । सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै मेयर र उपमेयरमा उम्मेदवारी दिएको जसपाले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएको हो । केन्द्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाउने भएको हो। उसले गठबन्धन उम्मेदवारलाई सघाउने सहमति गरेको छ। […]