एमालेको वृहत् चुनावी भेलाको तयारी, भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

विराटनगर, २१ वैशाख । नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

सो कुराको पुष्टि नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले गरेका छन् । स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरुको सहभागिता रहने ढकालले जानकारी दिए ।

सोही दिन अध्यक्ष ओलीले मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीलगायत अन्य विभिन्न पालिकाहरुमा हुने कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम तथा गरिएको केन्रद्रीय सदस्य ढकालले बताएका छन् ।

त्यस्तै अध्यक्ष ओली अपरान्ह विराटनगरका उद्योगी व्यवासायी, नागरिक अगुवा तथा वुद्धिजीवीहरुबीच चुनावी परामर्श गरिने कार्यक्रम सहभागी हुने बताइएको छ । अध्यक्ष ओली वैशाख २५ गते बिहान काठमाण्डौ फर्किने कार्यक्रम रहेको संयोजक ढकालले बताए ।