विराटनगर १४ माघ । विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको […]
विराटनगर २७ पुस । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा दिपक दाहाल सर्वसम्मत चयन हुनु भएको छ । विराटनगरमा आज भएको सहकारीको ११ औँ साधारणसभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् । यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, […]
विराटनगर २१ पुस । विराटनगर महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन गर्न सुरु गरेको छ ।जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियानअन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसहितको महानगरको टोलीले पसलमै पुगेर गुनासो र सुधार गर्नुपर्ने सुझाव संकलन […]
विराटनगर, पुस ४ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका […]
विराटनगर, पुस १ । उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका […]