विराटनगर २८ चैत । विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो । तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का […]
विराटनगर २६ चैत । नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ । भवनको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच आज उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिनुभयो । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा […]
विराटनगर २२ चैत । मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय […]
विराटनगर, १९ चैत । नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । शनिबार विराटनगरस्थित इन्द्रणी पार्टी प्यालेसमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका छन् । त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला […]
विराटनगर, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । झापाको बिर्तामोडमा सम्पन्न महासंघको अधिवेशनले राउतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । सुवास आचार्य कोषाध्यक्ष चयन भएका छन् […]