सरोज र अंशुलाई हाफ म्याराथुनको उपाधि

विराटनगर ३० असार । सरोज सिंह र अंशु मण्डलले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’को उपाधि जितेका छन् । शनिबार विराटनगरमा नेपाल खेलकुद महासंघ मोरङले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोजले १६ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै उपाधि जिते । छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले १८ मिनेट ५० […]

जीवन धान्न पुग्ने गरी आम्दानीमा वृद्धि गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको माग

विराटनगर, ३० असार । श्रमिकको पारिश्रमिक तत्काल निर्धारण गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) कोशी प्रदेशले माग गरेको छ । विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जीवन धान्न पुग्ने गरी आम्दानीमा वृद्धि नभएसम्म न्यून आय भएका श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने समन्वय केन्द्रले जनाएको छ । जेटीयूसीसीका प्रदेश अध्यक्ष किशोर धमलाले श्रमिकहरुको साझा मुद्दा […]

ट्रेड यूनियन काँग्रेस मोरङद्धारा संघीय सरकारको ध्यानाकर्षण

विराटनगर, २८ असार । श्रमजिवीको न्यूनतम पारिश्रमिक लागु हुनुपर्ने मागसहित नेपाल टे«ड यूनियन काँग्रेस मोरङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । ट्रेड यूनियनले आज जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई न्यूनतम पारिश्रमिक निर्धारण गरि लागु गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको छ । टे«ड यूनियन काँग्रेस मोरङ अध्यक्ष सुशील कोइरालाका […]

कोशी प्रदेशमा ३६.६७ प्रतिशत धान रोपाइँ

विराटनगर, २८ असार । कोशी प्रदेशमा कुल ३६ दशमलव ६७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा कोशीमा ४ दशमलव ७१ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार तराईका जिल्लामा झापामा सवै भन्दा बढी ४८ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ३५ प्रतिशत, सुनसरीमा ३१ प्रतिशत रोपाइँ […]

विराटनगरको व्यापार प्रवद्र्धनमा महानगरको चासो

विराटनगर २७ असार । विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलले […]