महानगर र निजी क्षेत्रको सहकार्य विकसित विराटनगर बन्छ : प्रमुख कोइराला

विराटनगर ७ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गर्नु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै विकास सम्भव भएको बताउनुभयो । महानगरपालिकाले विभिन्न […]

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीद्धारा सपथग्रहण

विराटनगर, ७ जेठ । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान […]

उद्योगहरुको सुरक्षा, सवलीकरण तथा महासंघको स्थायी संरचना मुख्य प्राथमिकता : अध्यक्ष राउत

विराटनगर ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ । उहाँले कोशी प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षाको प्रत्याभूती गराउँदै सवलीकरण गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । आज विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी […]

उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा सुराना निर्वाचित

विराटनगर ३० वैशाख । उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी २ वर्षका लागि आज भएको निर्वाचनमा अध्यक्ष सुराना सहित १४ सदस्यीय कार्यसमितिनिर्विरोध निर्वाचित भएको हो । संगठनको बरिष्ठ उपाध्यक्ष पदमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष […]

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले वसाई सराई रोक्ने : मुख्यमन्त्री कार्की

विराटनगर १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले वसाईसराई रोक्ने बताउनु भएको छ । पहाडी क्षेत्र काष्ठफुल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा आज यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले यस प्रकारको आयोजनाले कृषकको जीवनस्तर वृद्धि हुनुका […]