जेनजी आन्दोलनमा विभिन्न क्षेत्रका ६२९ भवन पूर्ण क्षति

विराटनगर ४ असोज । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण […]

सुनसरीको इटहरीमा गोली लागेर २ जनाको मृत्यु

विराटनगर २३ भदाै । जेनजीकाे प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको   छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरू अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । पहिचान खुल्न बांकी छ । गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको […]

विराटनगरको बाल सुधारगृहको अवस्था सामान्य

विराटनगर, २८ साउन । एक्कासि झडप भएर अवस्था तनावपूर्ण बनेको विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा आएको छ । सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएका हुन् । विराटनगर महानगरपालिका–३ मा रहेको सुधारगृहमा बुधबार दिउँसो १२ः४५ बजेतिर झडप भएको थियो । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो । उनीहरुबीच के […]

माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

विराटनगर, २८ साउन । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ । […]

झापा, मोरङ र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

विराटनगर २० साउन । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । गत माघ १५ गतेयता मोरङमा ८ वटा, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । […]