सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा समस्या : सामाजिक विकास मन्त्री राजभण्डारी

विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश सरकार र स्थानीय सरकारले शिक्षा सवालमा कार्य गर्न नसकेको बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य तथा वातावरण अधिकारका सवालमा प्रदेशस्तरीय छलफल कार्यक्रममा सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा संविधानले शिक्षाका विषयमा परिकल्पना […]

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु

विराटनगर २९ चैत । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल […]

आगामी आर्थिक वर्षको बजेटका लागि महानगरद्वारा सुझाव संकलन

विराटनगर २९ चैत । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्वबजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले आज सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन […]

मन्त्री राजभण्डारीको घर तोडफोड घटनाप्रति एमालेको आपत्ति

विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । कोशी प्रदेश नामकरणको विषयलाई लिएर मन्त्री राजभण्डारीको काठमाण्डौं पेप्सीखोलामा रहेको घरमा आज विहान साढे ८ वजेतिर छापामार शैलीमा केही व्यक्तिहरुले घर तोडफोड गरेको घटनाप्रति एमाले सोलुखुम्वुले आज विज्ञप्ती निकालेर विरोध जनाएको हो । सोलुखुम्वुबाट प्रदेशसभामा […]

कोशी अस्पतालमा मृर्गाैला प्रत्यारोपण सेवा शुरु हुने

विराटनगर २९ चैत । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरवीच मंगलबार सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिनुभयो । कलेजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता […]