मुलुकमा अस्थिरताको कारक समानुपातिक मिश्रित निर्वाचन प्रणाली : केसी

विराटनगर २४ वैशाख । मुलुकमा अस्थिरताको कारक नै संविधानमा राखिएको समानुपातिक मिश्रित निर्वाचन प्रणाली रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएकाछन् । सोमबार विराटनगरमा नेपाल प्रेस यूनियन मोरंगद्धारा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले समानुपातिकलाई जुन उद्धेश्यमा राखिएको थियो त्यो पूरा हुन नसकेको बताए । पत्रकार सम्मेलनका क्रममा हालको केन्द्रीय गठबन्धन सरकारको अवधि अत्याधिकमा मंसिरसम्म […]

जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कार

विराटनगर २३ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता […]

पूँजी बजारबारे युवा तथा विद्यार्थीलाई सचेतना

विराटनगर, २३ वैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक उत्तरदायित्व सचेतना कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रालीले जनाएको छ । कार्यक्रममा […]

पत्रकार दियालीको उपचारमा अधिकारीको सहयोग

विराटनगर २२ वैशाख । दुवै मिर्गाैला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहनु भएको छ । नियमित डायलसिस गर्नुपर्ने भएपछि उहाँलाई आर्थिक समस्याले सताएको छ । आज इटहरीका सक्रिय पत्रकार प्रेस यूनियन सुनसरीका पूर्व अध्यक्ष पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गर्नुभएको छ । त्यस्तै हेटौंडाका व्यवसायी गोपाल […]

प्याब्सनमा आवद्ध सदस्यहरुको न्यूरोले सहुलियतमा उपचार गर्ने

विराटनगर २२ वैशाख । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने समझदारी भएको छ । समझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको हो । समझदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, […]