विराटनगर २७ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले मोरङमा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण मङ्गलवार सार्वजनिक गरेको छ । इन्सेक मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको छ । ६ […]
विराटनगर २७ असार । विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलले […]
विराटनगर २६ असार । सर्वाेच्च अदालतमा रहेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । आज सर्वाेच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । आइतबार सो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समयअभावका कारण हेर्न नभ्याइने परेको थियो । दोस्रो दिन न्यायाधीश माथेमाको इजलालसमा २४ औं […]
विराटनगर २६ असार । कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापना गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले बताए । उनका अनुसार निजामती ऐन परिमार्जन […]
विराटनगर २४ असार । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ । विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो । […]