उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन आयोगको निर्देशन

विराटनगर १ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार […]

कोशी सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक, स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकता दिईने

विराटनगर १ कात्तिक । कोशी प्रदेश सरकारको सेवा एउटै क्षेत्रबाट गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने भएको छ । प्रदेशको स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र विभाग एवम् प्रदेशसभा समेतका कामकारवाहीलाई एउटै क्षेत्रबाट सुचारू गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने नीति प्रदेश सरकारले लिने भएको हो । प्राकृतिक तथा […]

विजया दशमीको चौथो दिन आज, टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी

विराटनगर २९ असोज । विजया दशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म […]

मेची–महाकाली उद्धार यात्राः झापाबाट १० जनाको उद्धार

विराटनगर २९ असोज । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट सोमबार मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

विराटनगर २६ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । टीकाको शुभसाइतमा उहाँले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाउनु भएको हो । आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ […]