विराटनगर २४ वैशाख । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर समुदायको सांस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन गर्नुभएको छ । मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको संस्कृतिक भवन र केन्द्रीय भवनको आज विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गर्नुभएको हो । केन्द्रीय सभापति सरदारले भवनको […]
विराटनगर २४ वैशाख । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती […]
विराटनगर २३ वैशाख । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासित भेटघाट गरेको छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गर्नुभएको थियो । किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका […]
विराटनगर २३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रुपमा नभई भव्य रुपमा मनाउन निर्देशन दिनु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी मनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व […]
विराटनगर २३ वैशाख । कोशी लोकमार्गअन्तर्गत धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा यात्रुवाहक बस सोमबार दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ५० मिटर तल खसेको […]