विराटनगर २५ मंसिर । विनायक बोर्डिङ सेकेण्डरी स्कूल विराटनगरले विद्यार्थी अभिभावक र सम्पूर्ण विद्यालय समुदायका लागि उत्साह र मनोरञ्जनले भरिएको फन फिस्टा आयोजना गरेको छ । प्रमुख अतिथि विराटनगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा मोहक नृत्य प्रदर्शन, सुमधुर गायन र प्रभावशाली संगीत प्रस्तुतिसहित विद्यार्थीहरूको प्रतिभाको चम्किलो प्रदर्शन गरिएको थियो । र्याम्प वाक एक […]
विराटनगर २५ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ । गैसस महासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भएमात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे । जेनजी आन्दोलनपछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा […]
विराटनगर २५ मंसिर । ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुईजना व्यक्तिलाई सम्मान गरेको छ । मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विशेष समारोह आयोजना गरेर सम्मान गरेको हो । […]
विराटनगर २४ मंसिर । मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो । हातमा सिप […]
विराटनगर २३ मंसिर । विकल्प एन अल्टरनेटिभको आयोजनामा सम्पन्न ई-रिक्सा सवारी चालक प्रमाणपत्र (लाइसेन्स)लाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबिचमा छलफल कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँचमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरस्थित कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सम्पन्नमा छलफलमा सरोकारवालाहरूले ई-रिक्साको लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा सहजता आए सँगै चेकजाँचमा कडाइ गर्नुपर्नेमा जोड दिएका […]