लाेकगायक एलपी जोशीप्रति मुख्यमन्त्री कार्कीद्वारा श्रद्धाञ्जली व्यक्त

विराटनगर ११ साउन । लोकप्रिय लोक गायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गर्नु भएको  छ । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् । यस्तै अब्बल दर्जाका चित्रकार, […]

लोकगायक एलपी जोशीको निधन

विराटनगर ११ साउन । लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा विहीबार साँझ निधन भएको छ । झापा विर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा निधन भएको परिवार स्रोतले जनाएको छ । वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनु भएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । २०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । […]

मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्गको क्षेत्राधिकार अधिकतम २० मिटर तोक्न प्रधानमन्त्री ओली समक्ष आग्रह

विराटनगर १० साउन । मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्ग सञ्चालनमा देखिएका समस्या र खोर्साने केराबारी– सिंहदेवि सडक निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा सो क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य घनस्याम खतिवडाको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाको […]

शिक्षादीप कलेजद्धारा व्यवस्थापन र होटल म्यानेजमेन्टमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर ९ साउन । शिक्षादीप कलेज विराटनगरले व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानेजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति […]

सरकार नागरिकको सुरक्षाप्रति सम्वेदनशील : मन्त्री अधिकारी

विराटनगर ९ साउन । मोरङको सुनबर्सी नगरपालिका १ केचनामा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ । भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागु पदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयबासीको भनाई रहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले भाडा घरमा रहेको चौकीको उद्घाटन गर्दै सरकार नागरिकको सुरक्षाप्रति सम्बेदनशील […]