खेलकुद महासंघ कोशी अध्यक्षमा कोइराला

विराटनगर १६ जेठ । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ । विहीबार झापाको दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा […]

कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन, रानालाई संयोजकको जिम्मेवारी

विराटनगर २६ वैशाख । कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा नेपाल कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । बोर्डको २७ औँ बैठकले मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बोर्डले महासंघको आन्तरिक विवादका कारण प्रदेशमा वैधानिक महासंघ गठन नभएकोले ३ महिना भित्र अधिवेशन […]

असमलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर १९ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको असम क्रिकेट […]

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी , पुलिस ३७ रनले पराजित

विराटनगर १६ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह बी अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको […]

सशस्त्रको एपीएफ विराटनगरमा जारी एमएम कप क्रिकेट प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो

विराटनगर १४ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्र प्रहरीको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समुह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित […]