विराटनगर १ भदौ । लागुऔषध सेवन नगरौं भन्ने उद्धेश्यसहित विराटनगरमा भदौ ५ गतेबाट हुने एलाइट फाइटस् नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । पहिलोपटक सुधार केन्द्रमा रहेकाहरुलाई खेलप्रति उत्पे्ररित गराउने उद्धेश्यसहित मोरङ जिल्लाका विभिन्न आठ वटा सुधार केन्द्रमा रहेकाहरुलाई मैदानमा उतार्ने गरि प्रतियोगिता हुन लागेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यातायात मजदुर […]
विराटनगर ३१ साउन । विराट स्पोर्ट्स जोनको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय सुपर ८ क्रिकसलको उपाधि ग्रीनल्याण्ड स्कुलले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै ग्रीनल्यान्डले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको राइजिङ नेपालले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको थियो । […]
विराटनगर ३० साउन । विराट स्पोर्ट्स जोनको आयोजनामा जारी ‘इन्टर स्कुल सुपर–८ क्रिकसल टूर्नामेन्ट’ को सेमिफाइनल समीकरण पूरा भएको छ। ३२ विद्यालयका टोलीबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै चार टोली उपाधिको नजिक पुगेका छन्। सेमिफाइनलमा बाल कल्याण विद्या मन्दिर, ग्रिनल्याण्ड सेकेन्डरी स्कुल, राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिरले स्थान बनाएका छन्। अब यी […]
विराटनगर, २९ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सको मुख्य प्रायोजकमा ‘एक्सट्रिम’ एनर्जी ड्रिंक जोडिएको छ । विराटनगर किङ्स र एनर्जी ड्रिंक ब्रान्ड ‘एक्सट्रिम’ बीच मुख्य प्रायोजनसम्बन्धी आज औपचारिक सम्झौता भएको छ । सम्झौता पत्रमा विराट किङ्सका तर्फबाट सुयस प्याकुरेल र एक्सट्रिमका तर्फबाट सोनिया राणाले हस्ताक्षर गर्नु भएको छ । ‘कोशीको शान, […]
विराटनगर २९ साउन । विराट स्पोट्र्स जोनद्वारा आयोजित प्रथम अन्तरविद्यालय क्रिकसल प्रतियोगिताको दोस्रो दिन बिहीबार सात खेल सम्पन्न भएका छन । ८ ओभरको प्रारूपमा भइरहेको प्रतियोगितामा आदर्श मावि, जेसी बाल सदन, राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल, कान्तिपुर सेकेन्डरी स्कुल, ग्रीन पिस एकेडेमी, कोशी विद्या मन्दिर र पोखरिया मावि विजयी भएका छन । पहिलो खेलमा आदर्श […]