मोरङ रतुवामाईमा टी–२० क्रिकेट हुने

विराटनगर २८ पुस । मोरङको रतुवामाईमा टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा युवा तथा खेलकुद समिति रतुवामाई–४ को आयोजनामा नक आउट प्रतियोगिता सञ्चालन हुन लागेको हो । खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगिता माघ ३ गतेबाट १० गतेसम्म सञ्चालन हुनेछ । रतुवामाईको आमबारीमा रहेको गढी महाराजथानको खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ […]

विराट स्पोर्ट्स जोनमा ‘क्रिकेट र गो–कार्ट’मा खेलाडीको आकर्षण

विराटनगर १५ पुस । नेपालमै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा ल्याएको विराट स्पोर्ट्स जोनमा खेलाडीको आकर्षण बढ्दै गएको छ । क्रिकेट एकाडेमीमा विराटनगर आसपासका खेलाडीका साथै भारत जोगवनीबाट समेत खेलाडीहरु प्रशिक्षणका लागि आउने गरेका छन् । स्पोर्ट्स जोनमा क्रिकेट, फुटवल एकाडेमीसँगै फुटसल, क्रिकसल, गो–कार्ट, स्केटिङका खेलहरु सञ्चालनमा छन् । विराटनगर ३ दुधफारम पूर्वमा गत मंसिर २७ […]

महानगरस्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी एभरेष्ट स्कुललाई

विराटनगर ११ पुस । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आदर्श मावि शिर्ष स्थानमा

विराटनगर १० पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक गरि पहिलो स्थानमा उक्लिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको अन्तरगत एभरेष्टले ५ स्वर्ण, २ रजत र ६ कास्य गरि दोस्रो स्थानमा रहेको छ । त्यस्तै […]

विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो […]