६ किलोमिटर सडक ६ वर्षमा नबनेपछि सांसद पराजुलीद्धारा अनशनको घोषणा

विराटनगर २५ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्र्तगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गर्नु भएको छ । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गर्नुभएको हो । आज कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘ […]

कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

विराटनगर २५ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई प्रदान गर्ने भएको छ । शनिबार बसेको प्रतिष्ठानको बैठकले कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार बिष्टलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २१ हजार एकसय १५ रुपैयाँ नगद छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिताको […]

पूर्व राष्ट्रपति विद्या भण्डारी विराटनगर आउने

विराटनगर २४ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु हुने भएको छ । आगामी भदौ २ गते विराटनगर आउने तय भएको उहाँको सचिवालयले जनाएको छ । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति भण्डारी आउन लाग्नु भएको हो । भण्डारीको सचिवालयका अनुशार बार्षिकोत्सव बाहेक अन्य औपचारिक कार्यक्रम नभए पनि अनौपचारिक भेटघाटको […]

नमूना संयुक्त राष्ट्रसंघ युवा नेतृत्वको लागि प्लेटफर्म : एभरेष्ट स्कुल

विराटनगर २४ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास गरिएको छ । साउन २१ देखि २३ गते सम्म आयोजित कार्यक्रम युवा नेतृत्वको लागि प्लेटफर्म भएको एभरेष्ट स्कुलले जनाएको छ । तीन दिने कार्यक्रम सम्पन्न पछि एभरेष्ट स्कुलले आफ्नो फेसबुक पेज मार्फत तीन दिनको समृद्ध कूटनीति, बहस र संवाद भएको जनाएको छ । […]

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानीसेवा शुरु

विराटनगर २४ साउन । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा डिजिटल भुक्तानी सेवा शुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शुक्रबार सेवाको शुभारम्भ गर्नुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी (क्यूआर) सेवा शुभारम्भ भएको हो । मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर सेवको […]